दोस्रो एकदिवसीय : नेपालले दुवै ओपनर अर्जुन र ज्ञानेन्द्रको विकेट गुमायो

Posted on: 03 Sep, 2022

भदै १८, काठमाडौँ | घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्दै २ विकेट गुमाएको छ। 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।  नेपालले १७ ओभरमा एक विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा देव खनाल र कप्तान रोहित पौडेल क्रिजमा रहेका छन्। पहिलो विकेटको रुपमा अर्जुन साउदलाई गुमाएको नेपालले दोस्रो विकटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ।

नेपालको प्लेईङ–११मा अर्जुन साउद,देव खनाल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी,पवन सरार्फ,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!