अर्थिक अनुशासन तोडेको भन्दै पिएसजीसहित ८ क्लबलाई युइएफएको जरिवाना

Posted on: 03 Sep, 2022

भदौ १८, काठमाडौँ | युरोपियन फुटबलको सर्वोच्च निकाय  युइएफएले अर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको छ ।

युइएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्सेली र मोनाकोलाई जरिवाना गरेको हो । यी आठ क्लबले फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरिएको हो ।

पिएसजीलाई यूईएफएले विना कुनै शर्त ८.६ मिलियन पाउन्ड जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै उसले भविष्यमा ५६.३ मिलियन पाउन्ड बुझाउनुपर्ने बताइएको छ । 

पिएसजीसँगै यी ८ क्लबले १४९ मिलियन युरो युइएफएलाई जरिवानास्वरूप बुझाउनुपर्नेछ । युइएफएका अनुसार क्लबहरूले आम्दानीभन्दा धेरै खर्च गर्न नपाउने नियम छ । तर, नियम उल्लंघनको आरोपमा उक्त क्लबहरूलाई जरिवाना गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!