दोस्रो एकदिवसीयमा केन्यासँग भिड्दै नेपाल

Posted on: 03 Sep, 2022

भदौ १८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!