सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् । 


केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिने बलरको दोस्रो सूचिमा परेका हुन् । सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका छन् । उनको इकोनमी ६.४० छ । त्यस्तै उनको स्ट्राइक रेट ११.७ रहेको छ । 

सन्दीपले केन्याविरुद्धको पाँच खेलको सिरिजमा १२ विकेट लिएका थिए । उनले सिरिजको चौथो खेलमा पाँच विकेट लिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!