फुटबलर किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिँदै

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौलासँग विवाह गर्दैछन्।


करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेजमेन्ट’ गरेका थिए ।


सोमबार हिजो उनीहरुले हल्ली मेहेन्दीको कार्यक्रम गरेका बुझिएको छ । त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ । चेम्जोङ लामो समययता नेपाली राष्ट्रिय टोलीमा छन् भने निरौला एती एअरलाइन्समा एअर होस्टेज हुन् ।

May be an image of 2 people and indoor

यस बिषयमा तपाइको प्रतिक्रिया...!