केन्यासँगको पाँचौँ टी–२० मा नेपाल टस जितेर ब्याटिङ गर्दै

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ । 

आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा ज्ञानेन्द्र मल्लबाट ओपनिङ गराएको छ । ज्ञानेन्द्रसँग अर्जुन साउदले क्रिज सेयर गरेका छन् । अर्जुनको यो तेस्रो खेल हो । 

यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!