केन्यासँग लगातार दोस्रो जितको खोजीमा नेपाल

Posted on: 26 Aug, 2022

भदौ १०, काठमाडौं | पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार)  घरेलु टोलीसँग दोस्रो  टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो । 

नेपालले तेस्रो खेल  १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!