दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो ।


आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग खेल्दैछ । शनिबार राति मात्रै दर्ता हुने खेलाडीमा फ्रान्क किसे, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हा छन् ।

यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन् । 

यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन् ।यद्यपि, यी खेलाडी पनि शनिबार राति दर्ता भइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!