रोहित शर्माले प्रहार गरेको छक्का बालिकालाई लागेपछि...

Posted on: 13 Jul, 2022

असार २९, काठमाडौं | रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को अग्रता बनाएको छ । 

ब्याटर रोहित इंग्ल्यान्डविरुद्ध सानदार लयमा देखिएका थिए । उत्कृष्ट पाली खेलेका रोहितले ७६ रन बनाए । जसमा रोहितको पाँच छक्का छ । यही छक्का प्रहार गर्ने क्रममा रोहितले एक बच्चालाई चोट समेत दिलाए । छक्का भएको बल एक बालिकालाई लागेको थियो । 

यो घटना दोस्रो इनिङको पाँचौ ओभरमा भएको थियो । बलर डेबिड विलीले आफ्नो तेस्रो बल निकै तीव्र गतिमा फालेका थिए । जुन बललाई रोहितले ‘हुक सट’ लगाउँदै लेग साइडमा फालेका थिए । सो बल प्याराफिटमा रहेकी बालिकालाई लागेको थियो । 

बल लागेलगत्तै बालिकालाई सँगै रहेका व्यक्तिले समालेका थिए । बालिकाका साथ उनको बाबु पनि थिए ।  

सामाजिक सञ्जलमा यो भिडियो निकै ‘भाइरल’ भइरहेको छ । बल लग्ने बालिकाको नाम मीरा साल्वी रहेको छ । उनी ६ वर्षकी रहेकाे खुलेको छ । यद्यपि, उनकाे अवस्था हाल सामान्य रहेकाे छ । बल लागेलगत्तै मेडिकल स्टाफले उनकाे उपचार गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!