युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजमा सहभागी नहुने

Posted on: 08 Jul, 2022

असार २४, काठमाडौं | गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् । खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइटेडमा खुसी छैनन् । 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले  प्रि-सिजनका लागि थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा निस्कँदै छ । तर, स्टाइकर रोनाल्डो त्यसमा सहभागी नहुने  बताउँदै आएका छन् । 

केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए । क्लबले भने पारिवारिक कारण क्लबको प्रशिक्षणमा सहभागी नभएको जनाएको छ । 

युनाइटेडले थाइल्यान्डमा मंगलबार लिभरपुलको सामना गर्नेछ । त्यस्तै, अस्ट्रेलिया भ्रमणमा युनाइटेडले क्रिस्टल प्यालेस र एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!