विराट कोहली इन्स्टाग्राममा २० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो क्रिकेटर, कति कमाऊछन्?

Posted on: 08 Jun, 2022

जेठ २५, काठमाडौं | पछिल्लो दुई वर्ष भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त छ । उनले यो अवधिका कुनै पनि प्रारूपमा शतक बनाउन सकेका छैनन् । आफ्नो स्वभाविक लयमा नरहे पनि कोहलीको फ्यान क्रेज भने घटेको छैन, त्यसको राम्रो उदाहरण हो सामाजिक सञ्जाल इन्टाग्राम ।

Virat Kohli becomes first Indian to reach 50 million followers mark on  Instagram- The New Indian Express

यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै छ । यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्ममा कुनै एउटा पोस्ट गरेबापत्  पाँच करोड भारु कमाउँछन् ।

रिचलिस्टमा १९ औं स्थानमा, भारतीयहरूमध्ये सबैभन्दा उच्च

उनी यस सामाजिक प्लेटफर्मको धनी सूचीमा १९ औँ स्थानमा छन् । उनी शीर्ष २० मा एक मात्र भारतीय हुन् । कोहलीले हरेक पोस्टबाट ५ करोड कमाउँछन् । उनी बाहेक प्रियंका चोपडा २७ औँ स्थानमा छिन् । प्रियंकाले प्रति पोस्ट ३ करोड कमाउँछिन् । उनी बाहेक सबैभन्दा धेरै कमाउने सेलिब्रेटी फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् । उनले प्रत्येक भुक्तानी पोस्टबाट ११.९ करोड भारु कमाउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!