अमेरिका भ्रमणमा रहेका नेपाली टोलीका ओपनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई बोलाउने निर्णय

Posted on: 05 Jun, 2022

जेठ २२, काठमाडौं | नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल चोटबाट ग्रसित भएका छन्। अमेरिकामा भएको अभ्यास खेलका क्रममा उनीहरु चोट बोकेको नेपाल क्रिकेट संघले जनाएको छ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा रहेका छन्। जेठ २६ हुने नेपालको पहिलो खेलमा दुवै खेलाडी खेल्न असमर्थ रहने संघले जनाएको छ।


संघले आइतबार विज्ञप्ति जारी गर्दै ओपनरद्वय शेख र भुर्तेल चोट बोकेका कारण सम्भवतः पहिलो खेल गुमाउने जनाएको छ।

ओपनरद्वय नै खेल गुमाउने भएपछि क्रिकेट संघ नेपालले विकेटकिपर सुवास खकुरेललाई अमेरिका बोलाउने निर्णय गरेको छ। 'टोलीले विकेटकिपर सुवास खकुरेललाई बोलाउने निर्णय गरेको छ। नेपालमा भएको अभ्यास खेलमा सुवास पनि सहभागी रहेकाले उनलाई बोलाउने निर्णय भएको हो,' संघले भनेको छ।सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुने छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!