रोनाल्डोले जिते ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड

Posted on: 05 Jun, 2022

जेठ २२, काठमाडौँ | एजेन्सी | पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को रुपमा प्रदान गर्ने अवार्ड जितेको जनाएको हो ।


यससँगै रोनाल्डोले सर्वाधिक चारपटक प्लेयर अफ दी सिजनको अवार्ड जित्ने खेलाडी डेभिड डी जियाको कीर्तिमानसँग बराबरी गरेका हुन् । यसअघि रोनाल्डोले पहिलो स्पेलमा तीन पटक उक्त अवार्ड जितेका थिए । उक्त अवार्ड समर्थकको भोटिङको आधारमा प्रदान गरिएको हो । खेलाडीहरुले भने गोलकिप्पर डेभिड डी जियालाई वर्षको उत्कृष्ट खेलाडी चुनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!