इंग्ल्यान्ड हंगेरीसँग पराजित

Posted on: 05 Jun, 2022

जेठ २२, काठमाडौं | हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।

शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । 

हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे ।

जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!