नेदरल्यान्डसँग बेल्जियम पराजित

Posted on: 04 Jun, 2022

जेठ २१, काठमाडौं | बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै  नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति  ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर  मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले  सुरुआती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!