राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तान नै परेनन् अल्मुताइरीको टिममा

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । उक्त टिममा अल्मुताइरीले राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तानलाई समेटेका छैनन् ।

पछिल्लो समय दश जना विवादमा रहेका खेलाडीलाई कप्तान किरण चेमजोङले समर्थन गरेका थिए । सोही कारण कप्तान किरणलाई पनि अल्मुताइरीले टिममा समेटेनन् ।


त्यस्तै सिनियर खेलाडी सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, अन्जन विष्ट, विमल घर्तीमगर पनि टिममा परेनन् । विवादको विषय समाधान नहुँदै अल्मुताइरीले टिम सार्वजनिक गरेका हुन् ।

एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!