आरसी ३२ का रविनलाई एक वर्ष प्रतिबन्ध, क्लबलाई एक लाख ५० हजार जरिवाना

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि तथा पूर्व अध्यक्ष रविन चन्दलाई एक वर्षको प्रतिबन्धसहित क्लबलाई एक लाख ५० हजार जरिवाना गरेको छ । 

सोमबार बसेको एन्फाअन्तर्गत लिग कमिटी र अनुशासन कमिटीको बैकले सुर्खेत जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष रविनलाई एक वर्ष एन्फाले आयोजना गर्ने प्रतिबन्धमा सहभागी हुन प्रतिबन्ध लगाएको हो । 

यस्तै दुई खेलाडीलाई एक वर्ष प्रतिबन्ध र दुई अफिसियललाई आगामि खेलका लागि प्रतिबन्ध लगाएको छ । गत आइबार भएको खेलमा पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेपछि आरसी ३२ का खेलाडी र अफिसियलले एन्फा म्याच अफिसियलविरुद्ध झगडा गर्न भीआईपी बक्समा आइपुगेका थिए । जहाँ हात हालाहालको स्थिति सृजना भएको थियो । 

एन्फाले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष तथा विदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै अफिसियल सन्जिव कार्की र टिम म्यानेजर अनुप भट्टराईराई आगामि खेलको लागि प्रतिबन्ध गरेको छ । 

प्रतिबन्ध र कारबाही हिजो (सोमबार) बाट लागु हुनेछ । जारी सी डिभिजन लिगमा अपराजित रहेको आरसी ३२ दोस्रो डिभिजन लिगमा बढुवा हुने संघर्षरत छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!