नेपाली टेबल टेनिस टिम फाइनलमा

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौं | माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!