जिम्बाब्बे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

Posted on: 09 May, 2022

वैशाख २६, काठमाडौं | जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे।

त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!