नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

Posted on: 09 May, 2022

वैशाख २६, काठमाडौं | नेपाल भ्रमणमा रहेको  जिम्बाब्बे ए  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ ।

खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो ।  तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो ।  

नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ । 

नेपाल र जिम्बाब्बे  ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । 

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । 

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे  भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!