भारतविरुद्ध मनिषलाई अग्रपंक्तीको जिम्मा, खेल जारी

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौं | साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा अहिले भारतविरुद्ध नेपाली टोली खेलिरहेको छ ।

अहिले जारी खेल मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्धको खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा राखेका छन् ।

भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले सम्हालेका छन् भने डिफेन्समा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन् । 

यस्तै मिड लाइनमा तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी छन् । यता एक्ला स्ट्राइकर मनिष डांगीलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्दैछन् । 

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिएका हुन् । 

यसअघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । 

नेपाली टोली : 

गोलरक्षक : किरण कुमार लिम्बू 

डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, तेज तामाङ, पुजन उपरकोटी

स्ट्राइकर: सुजल श्रेष्ठ, मनिष डांगी, सुमन लामा

यस बिषयमा तपाइको प्रतिक्रिया...!