रोनाल्डोको दोस्रो डेब्यु खेल: व्यक्तिगत २ गोल गरेपछि युनाइटेडको जित

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौँ | रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ ।

रोनाल्डोले दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरेका छन् ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने दोश्रो हाफको ६३ औं मिनेटमा अर्को गोल गरेका हुन् । उनले गोल गर्दा युनाइटेडले २-१ को अग्रता बनाएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले ८०औं मिनेटमा शानदार गोल गरे भने जेस लिनगार्डले इन्जुरी टाइममा गोल थपेर ४-१ को स्थितिमा पुर्याए ।


तेस्रो जितपछि चार खेलबा६ १० अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यस्तै म्यानचेष्टर सिटीले पनि लेस्टर सिटीलाई १-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । सिटीका लागि बर्नानर्डो शिल्भाले दोस्रो हाफमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै ब्राइटनले पनि ब्रेन्टफोर्डलाई १-० ले नै हराएर तेस्रो जित हात पारेको छ । उसका लागि लिएन्ड्रो ट्रोसार्डले ९०औं मिनेटमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको ब्राइटन तेस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!