नेपाल–भारत मैत्रीपूर्ण फुटबल १-१ गोलको बराबरीमा सकियो

Posted on: 02 Sep, 2021

भदौ १७, काठमाडौँ | त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालले बराबरीको खेल पर्दर्शन गरेको छ । 

नेपालले पहिलो हाफमा १–० गोलले अगाडि रहेपनि खेलको दोश्रो हाफमा भारतले खेल बराबरी गरेको थियो । नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरे भने ६०औं मिनेटमा भारतका सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएक थिए । 


नेपाल र भारबीच हालसम्म फुटबलमा १९ पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुईचोटी मात्र जीत निकाल्न सकेको छ । चार खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । आजको खेलसंगै नेपाल भारतबीचको खेलमा पाँचौं पटक बराबरी भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) वरियताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!