जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

Posted on: 29 Jun, 2021

असार १५, एजेन्सी | युरोकप अन्तर्गतको खेलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनको गोलमा २-० को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । खेलको ७५ औं मिनेटमा इंग्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लिदै जर्मनीमाथि जितको धावा बोलेको थियो ।


खेलको ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएपछि पहिलो गोलको ११ मिनेटपछि ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई दोब्बर पारे । जारी युरोकपमा केनको यो पहिलो गोल हो । 


इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!