खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता सुरु

Posted on: 19 Mar, 2021

चैत ६, बझाङ । बुङ्गलको खोल्लेकमा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार बुङ्गल नगरपालिका खेलकुद विकास समितिले उद्घाटन समारोह आयोजना गरेर नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको हो ।  


नेपाली काङ्ग्रेसका नेता तथा पुर्व युवा खेलकुद तथा राज्य मन्त्री नरेश बहादुर सिंहले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक खडक बहादुर खड्का, बुङ्गल नगरपालिका प्रमुख धन बहादुर बिष्ट, उपप्रमुख मिना जाग्री, प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी,पत्रकार, शिक्षक लगायतको उपस्थिति रहेको थियो  ।  


प्रतियोगितामा नगरपालिका भित्र रहेका रत्न माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय,भगवती माध्यमिक विद्यालय ,सरस्वति माध्यमिक विद्यालय ,कन्या माध्यमिक विद्यालय ,चन्द माविको सहभागिता रहेको नगर खेलकुद विकास समितिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!