५ हजार मिटर दौड प्रतियोगिता सम्पन्न

Posted on: 25 Jan, 2020


पर्वत । जारी छैठौ पर्वत महोत्सवको तेस्रो दिन ५ हजार मिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फलेवास नगरपालिकाका २ थापाठानाका आशिष कु्ँवरले निर्धारित दुरी १७ मिनेट ५० सेकेण्ड ५८ मिलिसेकेण्डमा पुरा गरी  प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा फलेवास नगरपालिकाकै प्रताप भुसालले निर्धारित दुरी १८ मिनेट, ५ सेकेण्ड, ३५ मिलिसेकेण्डमा पुरा गरी द्धितिय र कुश्मा नगरपालिकाका अभिनाष श्रेष्ठले २० मिनेट ५ मिलिसेकेण्डमा निर्धारित दुरी पुरा गरि तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा १३ जना युवाहरु सहभागी थिए ।

विजेतालाई जनही ६ हजार, ४ हजार र ३ हजार नगदसहित शिल्ड प्रमाणपत्र प्रधान गरिएको थियो ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!