बखतबहादुर स्मृति कप भलिबलको उपाधी नेपाल पुलिसलाई

Posted on: 19 Jan, 2019

नन्द बहादुर रोकाया | माघ ५ मुगु | शुक्रवार देखि सुरु भएको नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय बखतबहादुर शाहीको सत्रौं स्मृतिमा आयोजना गरिएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले जितेको छ ।


शुक्रवार देखि सदरमुकाम गमगढीमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको अन्तिम फाईनल खेलमा जिल्ला प्रहरी कार्यालयको नेपाल प्रहरीको टोलीले छायानाथ रारा नगरपालिका वडा नम्बर १ को मित्रता नेपाललाई हराउदै प्रतियोगिताको उपाधी जित्न सफल भएको हो । लगातार तिन सेट  जित्दै नेपाल पुलिसले मित्रता नेपालाई सोझो सेटमा हराएको थियो । यो संगै नेपाल पुलिसले  लगातार तिन बर्ष कप जित्न सफ भएको छ । 

नेपाल विद्यार्थी संघ मुगु र जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामा मित्रता नेपाल दोस्रो स्थान र जिल्ला खेलकुद विकास समितिको टोलीले तेस्रो स्थान जित्न सफल भए । प्रतियोगिताका लागि विभिन्न दशवटा समुह सहभागि भएको र नक आउटका आधारमा खेलाईएको आयोजक नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष दिपक रावलले जानकारी दिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!