सो क्योकुसिन कराँते मकवानपुमा जोशी

Posted on: 04 Jan, 2019

पुष २०, हेटौंडा । सो क्युकोसिन कराँते संघ मकवानपुको अध्यक्षमा सुन्दरकुमार जोशी निर्वा्चित भएका छन् । हेटौंडामा शुक्रबार भएका भेलाले जोशीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजन दाहाल, बिनोदमान श्रेष्ठ, सचिब राजेन्द्र पोखरेल, कोषाध्यक्ष मनोज ढोडारी रहेका छन् । 

समिति सदस्यमा रामचन्द्र श्रेष्ठ, कमल घले, रुपा बिडारी, धनबहादुर तामाङ, अशोक लामा र शंकरसिंह व्लोन रहेका छन् । नबनिर्वा्चित समितिको घोषणा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधब तिमल्सिना र संघका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । भेलामा बोल्दै खेलकुद बिकास समितिका अध्यक्ष तिमल्सिनाले नब गठित समिति सहित खेलकुदको क्षेत्रमा काम गर्छु भन्ने बिभिन्न खेलका ५७ वटा संघ दर्ता भैसकेपनि नाम र पदका लागि मात्र नभई खेलाडि उत्पादनका हिसाबले काम गर्न आग्रह गरे ।

अहिले जिल्लामा समिति गठनसँगै राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुने र बैदेशीक भ्रमणको काम मात्र गर्ने उद्देश्यले समिति गठनको काम भैरहेको भन्दै सहि कामका लागि लाग्न सबैलाई आग्रह गरे । भेलमा सो क्योकुसीनका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले खेलाडिलाई आर्थिक हिसाबले सबल र सक्षम बनाउँनका लागि संगठित स्वरुप आवश्यक भएकाले संघको गठनमा लागेको बताए । अन्य खेलमा जस्तै कराँतेमा पनि खेलाडिको भबिष्य उज्जवल छ भन्ने देखाउन काम गर्नुपर्ने बताए । संघले निकट भबिष्यमै ठुलो राशीको राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिब खुशराज दाहाल, बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापति,बुद्धिचाल संघका केन्द्रीय सचिब धरम लामा, रोटरी क्लब मकवानपुरका अध्यक्ष बिजयलाल श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!