हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

Posted on: 17 Feb, 2018

जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा सदुपयोग गर्दै मनाङले एक  गोल गरेको हो ।

पहिलो हाफमा १–० ले अघि रहेको मनाङ मस्र्याङ्दी र एपिएफले दोश्रो हाफमा भने कुनै गोल नगरेपछि खेल मनाङ मस्र्याङ्दीले जित्यो र सेमिफाईनलमा प्रवेश गर्न सफल भयो । 

प्रतियोगितामा मनाङ मस्र्याङ्दीका अञ्जन विष्ट म्यान अफ द म्याच भए । प्रतियोगिता अन्र्तगत भोलीको खेल नेपाल प्रहरी र हेटौँडाको विजय युथबिच हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!