नेपालमै पहिलो पटक हेटौंडामो हक्की खेलको एम्पायरिङ तालिम

Posted on: 08 Nov, 2017

कत्तिक २२, मकवानपुर | राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम आज सम्पन्न भएको छ । 

तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२ जना गरी कुल १२ जनाको सहभागिता रहेको थियो । तालिममा दक्षिण एसियाली हक्की प्रतियोगितामा कास्य पदक विजेता विमला भट्टसहित ३ महिला खेलाडीले पनि सहभागीता जनाएका थिए । 

हक्की खेलका अन्तर्रा्ष्ट्रिय एम्पायर सकिल कुरेसीले सहभागि १२ जना खेलाडीलाई एम्पाएर तालिमको प्रशिक्षण दिएको र तालिमसँगै परीक्षा लिएर उत्तीर्ण हुनेलाई एम्पायरको लाइसेन्स समेत प्रदान गरिएको हक्की संघका उपाध्यक्ष अनिल शर्माले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!