छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता कपिलवस्तुमा सुरु

Posted on: 02 Mar, 2017


माधव बेल्वासे/फागुन १९, कपिलवस्तु ।
कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ । 

एभेरष्ट युवा क्लवको आयोजनामा सन्चालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विहिवार एक कार्यक्रमका विच नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा नेपालि कांग्रेस क्षेत्र न. ४ का सभासद सुरेन्द्र राज आचार्यले खेलको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले यस खेलले युवाहरु विच भाईचाराका सवन्ध स्थापित गर्ने र कपिलवस्तुका युवाहरु पनि खेलकुदमा अग्रस्थानमा रहेको पुष्टि गर्ने वताए । 


पाख्रेलले कपिलवस्तुको पश्चिमि र दक्षिणि क्षेत्रमा खेलमैदान नहुदा खेलाडिहरु पछि परेकोले सरकारको ध्यान जान आवश्यक रहेको समेत वताए । युवाहरुका लागि खेलकुद आवश्यक रहेकोले प्रत्येक वर्ष खेल आयोजना गर्नुपर्ने र नेपालि कांग्रेसको तर्फवाट पुर्ण सहयोग रहने नेपालि काग्रेसका जिल्ला उपसभापति अव्दुल कलाम खांले वताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका सिचाई राज्यमन्त्रि सुरेन्द्र राज आचार्यले भारतको सिमाना क्षेत्रको खेलले भारतको र नेपालको सवन्ध प्रगाढ वन्ने र खेललाई व्यावस्थित वनाई सम्पन्न गर्नुपर्ने वताए । यस्ता खेलले यस क्षेत्रका खेलाडिहरु केन्द्र स्तरमा पुग्न सक्ने आचार्यले वताए । 


फरक प्रसङ्गमा वोल्दै राज्यमन्त्रि आचार्यले कपिलवस्तुको दक्षिणि क्षेत्रमा सिचाई अभाव भएकाले अव सहज रुपमै सिचाई व्यावस्था गर्न आफु लागि परेको वताए । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले खेलमा जातजाति भाषा धर्म र राजनितिक नहुने र खेललाई भव्य रुपमा सम्पन्न गर्नुपर्ने वताए ।खेलमा प्रथम हुनेलाई  रु ३०,००० व्यलाङकेट,सिल्ड प्रमाण पत्र ,द्धितिय हुनेलाई रु २०,००० सिल्ड प्रमाण पत्र र तितृय हुनेलाई रु १०,००० प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जानकारि दिएको छ । खेल फागुन २१ गते सम्म चल्ने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!