चौथो उदयपुर गोल्ड कप शुरु, पहिलो खेलमा संकटा काठमाडौंको जीत

Posted on: 10 Feb, 2017

अजयकुमार साह, माघ २७, उदयपुर । विहिबारदेखि उदयपुरको थरुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लवलाई १ को विरुद्ध ३ गोल गरी जीत हाँसिल गरेको छ ।

खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा उद्घाटन गरिएपछि सन्चालन भएको खेलको २३ औं मिनेटमा संकटाका जर्सी नम्बर १८ का सौजन राईले पहिलो गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा संकटाको तर्फबाट जर्सी नं. १९ का लावन ओलाकेनले थप अर्को गोल गरेका थिए । त्यसको लगत्तै खेलको अन्तिम समयमा संकटाका जर्सी नम्बर ९ का राज पौडेलले १ गोल थपेका थिए ।

दोस्रो हाफको २३ औं मिनेटमा धरानका जर्सी नम्बर १६ का प्रकाश बुढाथोकीले  १ गोल गरेर बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच नगद ५ हजार पुरस्कारसहित उनी नै घोषित भए ।  शुक्रबारको खेल हिमालय शेर्पा क्लव काठमाडौं र घरेलु टिम उदयपुर ११ बीच हुने आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!