राष्ट्रिय तेक्बान्दो प्रतियोगिताका लागि केसी छनोट

Posted on: 10 Dec, 2016

मंसिर २५ पर्वत । सातौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि पर्वतका सुजन केसी छनोट भएका छन् । तनहुँमा मंसिर २१ देखि २४ सम्म चलेको पश्चिमाञ्चल छनोट प्रतियोगिताबाट उनी राष्ट्रिय तेक्वादो प्रतियोगिताको लागि छनोट भएका हुनु ।

प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी बन्दै पूर्वाञ्चलमा आयोजना हुने सातौ  राष्ट्रिय खेलको लागि ५८ के.जि. तौल समूहका सुजन के.सी. छनौंट भएका हुन ।

उनले हालै भारतमा आयोजना भएको साफ खेलका कास्य पदक विजेता रुपन्देहीका सुजन श्रेष्ठलाई फाइनल खेलमा पराजित गर्दै छनौट हुन सफल भएका हुन्  ।महिला तर्फको उत्कृष्ट खेलाडी रुपन्देहिकी प्रशंसा क्षेत्री हुन सफल भइन् । उक्त प्रतियोगितामा पर्वतको तर्फबाट प्रकाश माझि, दिपक फगमी पुन,आशिष घर्ती मगर, सोनिया माझि र यमसरा घर्ती मगर द्वितिय हुन सफल भएका  छन् ।

 त्यस्तै गंगा बहादुर गुरुङ, प्रकृती अधिकारी, सावित्रा हिताङ तृतिय स्थान प्रप्त गर्न सफल भएका छन्। उक्त टिमको प्रशिक्षण अन्तराष्ट्रिय खेलाडी भरत कुमार श्रेष्ठले गराउनु भएको थियो भने टिम कोचको भूमिका रमेश श्रेष्ठले गरेका थिए । प्रतियोगितामा १२ जिल्लाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा जिल्लाबाट १३ जना पुरुष र महिला गरी विभिन्न तौल समुहमा खेलाडी सहभागी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!