क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरु जिल्ला बाहिर प्रस्थान

Posted on: 08 Dec, 2016

दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८ गते देखि पूर्वाअञ्चलको विराटनगरमा हुन गैरहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रस्तरीय खेलाडी छनोटका लागि नेपालगंजमा यहि मंसिर २५ गते र रुकुममा २६ गते हुन गैरहेको खेलकुद प्रतियोगितामा भागलिन १६ जना खेलाडी त्यता प्रस्थान गरेका हुन् ।

रुकुममा हुने भलिवल प्रतियोगिताका लागि टिमक्याप्टेन खेमराज गिरीको नेतृत्वमा १० जना र नेपालगंजमा हुने एथ्लेटिस प्रतियागिताका लागि ६ जना खेलीडी जिल्लाबाहिर प्रस्तान गरेका छन् । जिल्ला बाहिर प्रस्थान गर्ने खेलाडीहरुलाई आज विहान एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, केन्द्रिय भलिबलसंघका उपाध्यक्ष ऐन बहादुर शाही राजनैतिक दल, खेलप्रेमीहरुको उल्लेख्य उपस्थीतिमा खेलाडीहरुलाई विदाई गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!