ब्राजिलविरुद्ध मोरोक्कोको ऐतिहासिक जित

Posted on: 26 Mar, 2023

चैत १२, काठमाडौँ | मोरोक्कोले ब्राजिलीमाथि २-१ गोलअन्तरले ऐतिहासिक जित निकालेको छ। मोरोक्कोस्थित ग्राण्ड डी टेन्गरमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले ब्राजिलमाथि इतिहासमै पहिलो पटक जित निकालेको हो।

मोरोक्कोको जितमा सोफिएन बोउफल र अब्देलहमिद साबिरीले गोल गरे। ब्राजिलका लागि कासेमिरोले एक गोल गरे। 


खेलको २९ औँ मिनेटमै सोफिएनको गोलमा मोरोक्कोले खेलमा अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा ब्राजिल खेल बराबरीमा ल्याउन सफल भयो। खेलको ६७ औँ मिनेटमा कासेमिरोले लुकास पक्वेटाको पासमा गोल गरेका थिए। खेलको ७९ औँ मिनेटमा साबिरीले गोल थप्दै मोरोक्कोको जित सुनिश्चित गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!