घरेलु मैदानमा रेनेसविरुद्ध २-० ले पराजित पिएसजी

Posted on: 20 Mar, 2023

चैत ६, काठमाडौँ | फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।


पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि रेनेसलाई अग्रता दिलाए भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा मुइनगाले थप गोल गरेर अग्रता दोब्बर बनाए |  अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको हार ब्योर्होनु परेको हो ।

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!