रोनाल्डोको फ्रिकिक गोलमा अल नसरको सानदार जित

Posted on: 19 Mar, 2023

चैत ५,  काठमाडौँ | क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा अब्दुलफटाह एडामले गोल गर्दै अभालाई सुरुवाती अग्रता दिलाएका थिए | अल नासर १–० ले पछि परेको स्थितिमा रोनाल्डोले खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि ब्राजिलियन स्ट्राइकर एन्डर्सन टालिस्काले खेलको८६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई जीत दिलाए ।


रोनाल्डो अब अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगल फर्किनेछन् । युरो २०२४ को छनोट र लिच्टेन्स्टाइन र लक्जम्बर्गविरुद्धको खेलका लागि नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!