प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टिमलाई बधाई

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएको हुन् । 


उनले लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिए । बधाई दिंदै प्रचण्डले भनेका छन्,'आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई !'

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा ९ रनले जित हात पारेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!