आईसीसी विश्वकप लिग : यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!