युएईविरुद्ध गुल्सनको पनि अर्धशतक

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर गुल्सन झाले पनि अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि गुल्सनले ४७ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाएका हुन् ।   

यो समाचार तयार गर्दा सम्म नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!