नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ?

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | नेपाल र यूएईबीचको खेल उत्तरार्द्धमा पुग्दा काठमाडौंमा मौसम बदली भएर अन्धकार छाएको छ । प्रकाश पर्याप्त नहुँदा खेलमा ब्याट्सम्यानहरूलाई बढी असुविधा हुन सक्छ ।

मौसमविदहरूले आज अपरान्ह वर्षा हुने भविष्यवाणी गरेका थिए । यदि पानी परेर खेल रोकियो भने डकवर्थ लुइस मेथडबाट निर्णय हुने छ । नेपालले ३९ ओभरमा २२९ रन बनाउनुपर्ने थियो । थोरै रनले पछाडि रहेको नेपालले केही ओभरमा खेल मोड्न सक्थ्यो । तर, अर्धशतकलगत्तै आरिफ आउट भएपछि यूएई डीएलएस मेथडमा अगाडि भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा थोरै अगाडि रहेको यूएईका खेलाडीहरू अहिले समय कटाउन विभिन्न बहाना गरिरहेका छन् । नेपाल भने पूरा ओभर खेल्न पाए जितको आशामा छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी प्रवेश गरेका छन् ।

गुल्सन झा र उनी टिकेर खेले पनि खेल नेपालको पक्षमा मोडिन सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!