भोली नेपाल-यूएईकाे खेलको टिकट रकमबाट खेलाडी कल्याणकारी कोष बनाइने, कति छ टिकट मूल्य ?

Posted on: 15 Mar, 2023

चैत १, काठमाडौँ । भोली त्रिवि क्रिकेट मैदनमा नेपाल र युएई बीच महत्वपूर्ण क्रिकेट खेल हुँदैछ । क्रिकेटप्रेमी नेपालीहरु भोलीको खेल हेर्न त्रिवि क्रिकेट मैदनमै जाने योजना बनाईरहंदा नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीच हुने भोलीको खेलमा टिकट बेचेर उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने घोषणा गरेको छ ।


नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ । पछिल्ला खेलमा नेपाली टिमले आक्रामक पर्दर्शन गर्दै नेपाली समर्थकहरुको मन जितेको छ । यस्तैमा भोलीको खेल हेर्न हजारौं दर्शकहरुको उपस्थिति हुने क्यानको विश्वास छ । क्यानले यो खेलबाट उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने बताएको हो ।

क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको छैन । खेलाडीहरुलाई प्रोत्साहन स्वरूप क्यानले कोषको आवश्यकता महसुस गरेर यूएईसँगको खेलको टिकटबाट उठेको रकम जम्मा गरेर कोष बनाउन लागेको जनाएको छ ।

यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने बताइएको छ । नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० रुपयाँ र गेटमै पुगेर किन्दा १५० रुपयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!