अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्ग वारपार छेडिने

Posted on: 09 Dec, 2022

मङ्सिर २३, काठमाडौं । अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्गको सुरुङ्ग वारपार छेडिने गरि काम भईरहेको छ । नागढुंगा सुरुङ्ग निर्माण आयोजनाले जनाए अनुसार सुरुङ मार्गको ७० प्रतिशत पूरा भएको छ । 

आयोजनाका निमित्त प्रमुख माधव प्रसाद अधिकारीका अनुसार गाडी गुड्ने २६ सय ८८ मिटरको मुख्य सुरुङको काम १७ सय ११ मिटर पूरा भएको छ । खनिएका सुरुङ्गको फिनीसिङको काम धमाधम भईरहेको छ । 


आयोजनाले दैनिक छ देखि सात मिटर मुख्य सुरुङ्ग खन्ने योजना बनाएको छ । सुरुङ्ग खन्ने क्रममा भित्री भागको माटो वा ढुंगाको भागले पनि खनाईलाई प्रभाव पार्छ । सहज अवस्थामा एकै दिनमा १९ मिटर सम्म खान् सकिन्छ । यसै योजना अनुसार अन्यथा समस्या नभए सुरुङ छेड्न भने बढीमा चार महिना मात्र लाग्ने अनुमान आयोजनाको छ ।

हालसम्म मुख्य सुरुङ धादिङबाट आठ सय ७८ दशमलव ८० मिटर र काठमाडौंबाट आठ सय ३२ दशमलव २० मिटर खन्ने काम पूरा भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!