विदेशी मुद्रा सटहीमा कडाइ

Posted on: 30 Sep, 2021

असोज १४,  काठमाडौँ  । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैङ्कले रेमट्यान्स र अन्य माध्यमबाट आउने विदेशी मुद्रा सञ्चित घटेपछि नेपाल राष्ट्र बैङ्कले विदेश यात्रामा पाइने सटही सुविधामा नियन्त्रण सुरु गरेको छ । 

नेपाल आयात हुने व्यापारसँगै भुक्तानीमा चाप बढेपछि नेपाल राष्ट्र बैङ्कले बुधवार देखी  विदेशी मुद्रा सटहीमा कडाइ गर्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । 

हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन्। मुलुकमा भित्रिने रकम भन्दा मुलुकबाट बाहिरिने रकम बढ्दा साउन महिनामा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले नकारात्मक बनेको थियोे । राष्ट्र बैङ्कले विदेश जाने प्रमाण पु¥याए राहदानीको प्रतिलिपि राखी बढीमा दुई हजार डलरसम्म सटही सुविधा दिन निर्देशन दिएको छ ।

 असार महिनामा करिब सवा अर्ब रुपियाँले मात्र सकारात्मक रहेको शोधनान्तर स्थिति एक महिनाकै अवधिमा नै ३९ अर्बले नकारात्मक भएको बताइएको छ । नेपालीहरूको महानचाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारले  रेमिट्यान्सको परिमाण बढाउने  आकलन  गरिएको छ । साथै बिदेशी मुद्राको थप कडाइ हुने बताइएको छ  ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!