कोरोना भाइरसको नयाँ प्रकार : जापानद्वारा नेपाल सहित विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौं । जापानमा कोरोना भाइरसको नयाँ भाइरस फेला परेसंगै विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। सोमबार देखि लागु हुनेगरी जापान सरकारले विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

जनवरीको अन्तरिम सम्म कायम हुने गरी प्रतिबन्ध लगाएको जापानको विदेशमन्त्रालय जनाएको छ । तर जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरु भने आउँन पाउने  स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसरी विदेशबाट आउँदा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने छ। शनिबार बेलायतबाट जापान आएका दुई जनामा कोरोनाको नयाँ भाइरस देखापरेको थियो । विश्वमा पहिलोपटक कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा देखापरेको थियो । हाल बेलायतमाथि विश्वका ४० भन्दा बढी देशहरुबाट हुने आवगमनलाई प्रतिबन्ध लगाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!