कोरोनाबाट अब बिरामी हुनेको संख्या घट्दै, कतै यस्तो त होइन कारण ?

Posted on: 13 Sep, 2020

भदौ २८, काठमाडौँ | फेस मास्कको काम मानिसलाई भाइरस र अन्य प्रदुषित कणबाट बचाउने हो । यसै कारणले कोरोना महामारीमा मानिसले फेस मास्क अनिवार्य लगाएर हिड्ने गरेका छन् । तर यस्तो लाग्दैछ कि फेस मास्कको गलत प्रयोगले मात्र मानिसलाई कम मात्रामा रोगको सिकार भईरहेका छन् । जसबाट मानिसहरु धेरै बिरामी भईरहेका छैनन् र मानिसको प्रतिरक्षा शक्ति पनि स्थिर वा बढेको पाइएको छ । केहि बिज्ञहरुले 'न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसीन' मा लेखेको लेखमा यस्तो दावी गरेका छन् । यस बिषयलाई लिएर चिकित्सकहरुले समेत स्वीकार गर्दै यो अध्ययनको बिषय भएको बताएका छन् ।  

ब्रिटिश टेलिग्राफको रिपोर्टका अनुसार, बिज्ञहरुको जिकिर छ कि 'हुनसक्छ कि मास्क लगाएर हिड्नालेनै मानिसलाई कोरोनाबाट प्रतिरक्षा मिलिरहेको छ । यसैको कारण मुख/नाकबाट प्रदुषण नछिरेको साथै हात धुने बानीले अन्य बिरामीको सिकार समेत हुनु नपरेको कारण मानिसहरु कोरोनाबाट कम बिरामी भएका छन् । अन्य रोगले नछोएको कारण कोरोना लागि हालेपनि बिरामी नपर्ने, लक्षण समेत नदेखी निको हुने भएको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म, बैज्ञानिक रूपले यो कुरा पुष्टि भने भईसकेको छैन, तर बिज्ञहरुले यो सिद्धान्तलाई साबित गर्न सकिने दावी गरेका छन् । 


बिज्ञहरुले मास्क लगाएको कारण धेरै संख्यामा मानिसहरुलाई बिना लक्षणको कोरोना संक्रमण देखिएको छ । किनकी मास्कको कारणले भाइरसको कम मात्रा उनीहरुको सरीरमा प्रवेश गरेको छ, जसले मानिसमा कोरोना संक्रमित बनाएपनि बिरामीनै बनाउने अवस्था कम भएको विश्लेषण गरिएको छ । संक्रमितलाई संक्रमणको चरणमै धेरै कोरोना भाइरसको मात्रा प्रवेश गर्दा सरीरले त्यसबाट प्रतिरक्षा हुनखोज्दा बिरामी हुने गरेपनि कम मात्रामा मात्र भाइरस सरीरमा प्रवेश गर्दा सरीरले त्यसलाई मार्ने क्षमता राख्दा बिरामीनै नभई संक्रमितहरु कोरोना मुक्त हुने गरेको बताइएको छ ।  

केहि अनुसन्धानमा यस्ता संकेत मिलेको छ कि शुरुवातमा व्यक्तिमा भाइरसको जति मात्रा (infectious dose) बाट संक्रमित हुन्छन्, त्यसैको आधारमा यो तय हुनसक्छ कि उक्त व्यक्ति कति धेरै बिरामी हुन्छ । यसको मतलब सुरुमा जोबाट वा जहाँबाट संक्रमण प्रवेश गरेको हो, त्यसको मात्रा धेरै भएमा व्यक्ति बढी बिरामी हुनसक्ने र ज्यान समेत जान सक्ने हुन्छ । साथै सुरुमै कम मात्रामा भाइरस संक्रमण भएको भए बिरामीनै नभई वा कम मात्र बिरामी भएर संक्रमण मुक्त हुनसक्छ । बिज्ञहरुले यो विषयमा चिकित्सकीय अध्ययनको आवश्यकता रहेको बताएका छन् । 

अर्जेन्टिनाको एक जहाजमा यात्रा गरेका यात्रूहरुमा यस्तो अध्ययन गरिएको थियो । यस क्रममा पाइएको थियो कि जसजसले N95 मास्क लगाएका थिए, उनिहरुमा बिना लक्षणको संक्रमित हुने दर ८१ प्रतिशत रहेको थियो । साथै १९ प्रतिशत मात्र बिरामी परेका थिए । तर त्यसअघि जसले जहाजमा यात्रा गर्दा मास्कनै लगाएका थिएनन्, उनीहरुमा बिना लक्षण संक्रमित हुनेको दर मात्र २० प्रतिशत थिए । यसको मतलब मास्कनै नलगाई यात्रा गरेर जो-जो संक्रमित भए उनिहरु मध्ये ८० प्रतिशत बिरामी परेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!