जिराफको रोचक तथ्य यस्तो छ !

Posted on: 02 Feb, 2020

माघ १९, एजेन्सी | संसारको सबैभन्दा अग्लो प्राणि हो जिराफ | यो सुक्खा र मरुभूमि ठाउँमा पाइन्छ | मुख्यरुपमा अफ्रिकाको साहरा मरुभूमि यसको वासस्थान हो | औसत उचाई करिब १७ फिट (५.३ मिटर भएको यो जीवको करिब ४० सेन्टिमिटर लामो जिब्रो हुन्छ |


लामो जिब्रोका कारण यसले अग्लो रुखहरुको पातहरु खान्छ | आकिया नामक रुखका पातहरु यसको मुख्य खानेकुरा हो | लामो घाँटी भएको कारण जिराफको टाउको र मुटुको दूरी अरु जनावरको भन्दा धेरै हुन्छ | जिराफको छालाले बनेका दुईदेखि चारवटा सिंग हुन्छन | छालाको रंग खैरो, गाढा खैरो रंगका धब्बाहरु, छुटै प्रकारको धब्बाहरुको बनावट हुने गर्दछ |

विशेषता त के भने, यसको छालाको रंग जस्तै रुखका हाँगा पनि हुने गर्छन | जसको मदतले सिकारबाट यो जीव सजिलै बाच्न सक्छ | एक जिराफ औसत  रुपमा करिब २६ दखि ३६ वर्षसम्म बाच्ने गर्दछ | ५६ कि.मी प्रतिघण्टाको दर दौडन सक्छ, भने औसत तौल करिब ८०० केजी हुन्छ |

अफ्रिकामा पाइने अन्य जीवहरू खानाको लागि यात्रा गरिरहन्छन्, तर जिराफ भने कहिल्यै यात्रा गर्दैन रुखका हाँगा खाने गर्छ | यो जीव महिनौंसम्म पनि पानी नखाई बाच्न सक्छ | जिराफ उभिए रे सुत्ने गर्दछ भने यसको प्रमुख सत्रु भनेको  सिंह हो |

 सिंहको आक्रमणबाट बच्नका लागि  यसले आफ्ना ठूला खुट्टाहरुले हिर्काउछ | यो जनावर एकै पनि बस्ने गर्छ भने समुहमा पनि बस्छ | यसको छालाको लागि सिकार गर्ने गरिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!