ट्रम्पको मध्यपूर्व शान्ति योजनापछि इरानको यस्तो प्रतिक्रया

Posted on: 31 Jan, 2020

माघ १७, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेपछि इरानका राष्ट्रपति  हसन रौहानीले ‘हाँस्यास्पद’ भएको टिप्पणी गरेका छन् | अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको इरानका रास्ट्रपतिको भनाई छ |

उनले भने, 'यो मुर्खतापूर्ण हल्ला हो,' 'ट्रम्पले मध्यपूर्व शान्ति स्थापनाका लागि भन्दै प्रस्तुत गरेको प्रस्ताव खारेज गर्न ह्वाईट हाउसलाई सुझाव दिन्छु।' यसलाई अमेरिकी राष्ट्रपति तट्रम्पले भने ‘शताब्दीकै राम्रो योजना’भएको भन्दै व्याख्या गरेका छन् | बहुप्रतिक्षित मध्यपूर्व शान्ति योजना ट्रम्पले मङ्गलबार सार्वजनिक गरेका हुन् |

यो योजनालाई प्यालेस्टिानीले पनि अस्विकार गरिसकेका छन् | ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै प्यालेस्टाइनले आफु नमान्ने बताएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!