चिनमा कोरोना भाइरसको उपचारको लागि चार अस्पताल बन्दै,कति दियो टिकटकले पैसा ?

Posted on: 30 Jan, 2020

माघ १६, एजेन्सी | चिनमा देखापरेको कोरोना भाइरसका कारण संसार भरी त्रास बढेको छ | जसको लागि संसारका धनी व्यक्तिहरुले अस्पताल निर्माणका लागि पहल गरिरहेका छन् | करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ चीनलाई दिने घोषणा गरेका छन् |

उनीहरुले दिएको रकमबाट चिनमा ४ अस्पताल बन्ने छन् | सबैभन्दा बढी ज्याक माको कम्पनी अली बाबाले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेको छ | 

त्यस्तै टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोनाभाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर दिने भएको छ | जुन रकम बुहानमा निर्माण भएको एक हजार सैप्याको अस्पतालको लागि दिइने बताइएको छ |

संसारकै धनी व्यक्ति बिल गेट्सको बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले १० मिलियन डलर कोरोनाभाइरसको उपचार र पीडितलाई दिने बताइएको छ | फ्रान्सका अर्बपती फ्रेन्कोइस पिनाल्टले ३.३ मिलियन डलर दिने घोषणा गरेका छन् |

चिनमा मात्रै  ७ हजार ७ सय ७१ जनालाइ संक्रमण गरिसकेको छ | संसारभरी नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् | त्यस्तै बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!