अमेरिकाले ल्यायो नयाँ नीति:गर्भवती महिलालाई भिसा नदिईने

Posted on: 24 Jan, 2020

माघ १०, एजेन्सी | शुक्रबारदेखि अमेरिकाले नयाँ नीति ल्याएको छ | अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको  हो | जसले बर्थ टुरिजम’(जन्म पर्यटन)लाई रोक्ने भएको छ |

गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य काम देखाउनु पर्नेछ | अमेरिकी अधिकारीका अनुसार उक्त नियम आजदेखि लागु भएको छ | यस अघि अमेरिकामा जन्मिने बच्चाले त्यँहाको नागरिकता पाउने व्यवस्था थियो |

नयाँ नियम अनुसार प्रमाणित भिसा हुनुपर्नेछ | कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै रहेको छ भने अमेरिकाले अब भिसा नदिने भएको हो | यो नीतिले  स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूलाई पनि भिसा प्राप्त गर्न गार्‍हो हुने बताइएको छ |

स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्नेछ | अमेरिकी रकम दुरुपयोग नाहोस भन्ने उदेश्यले उक्त नियम लागिगरिएको अधिकारीहरुले जनाएका छन् |

सन् २०१७मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८सय रहेको थियो | २०१६ र २०१७को बीचमा ३३ हजार बच्चा अस्थायी पर्यटकका जन्मेको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!